fbpx

२ करोड ५० लाख धरौटी बुझाएर छुटे गोपाल खड्का


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का विशेष अदालतमा २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।

खड्काको धरौटी रकमका लागि अाज नै नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बसेकाले उनी तारेखमा छुटेका छन् ।अख्तियारले खड्काको आम्दानीको १८ करोड ६६ लाख रुपैयाँ स्रोत नखुलेको उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।त्यसपछि विशेष अदालतले उनलाई हाजिर हुन आउन म्याद पठाएको थियो । विशेषले म्याद पठाएको ३० औं दिनमा खड्का हाजिर हुन आएका विशेष अदालतका रजिस्टार भीम श्रेष्ठले जानकारी दिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार