fbpx

७० लाख बराबरको चोरीको सामान सहित ३ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । उपत्यकाका विभिन्न ठाउँमा चोरी गर्ने ठुलो समुहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृतm महाराजगंजको प्रहरी टोलीले चोरी गरिएका सामान सहित उनीहरुलाई पत्राउ गरको हो ।

पक्राउ पर्नेमा भारत मोतिहारी घर भई हाल काठमाडौं पुरानो बानेश्वर डेरा गरी बस्ने ३५ वर्षीय पारस प्रसाद, ३२ वर्षीय सन्तोष पोद्दार र रामेछाप सुनापाती–५ घर भएका ३२ वर्षीय ओमराज श्रेष्ठ रहेका छन्।

समूहका अन्य चार जना भने फरार रहेको र प्रहरीले खोजी गरीरहेको बताएको छ । उनीहरूलाई प्रहरीले फागुन २८ मा पक्राउ गरेको महानगरीय प्रहरी बृतm महाराजगंजका डिएसपी फडिन्द्र प्रसाईले जानकारी दिएका छन् ।

उनीहरूले चोरी गरेका बाथरुम तथा धारामा प्रयोग गरिने सामान, चाँदीका विभिन्न किसिमका भाडाकुँडा ९ किलो ५ सय ग्राम र पचास हजारभन्दा बढी नगद रुपैयाँ तथा सामान चोरी गर्ने प्रयोग भएको बा १४ च ७२६९ नम्बरको भ्यान, बा १ ज ११९३ नम्बरको ट्याक्सी र बा ८० प १५४० नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद गरीएको छ ।

प्रहरीका अनुसार उनीहरूले चोरी गरेको सामानको मूल्य ७० लाख बराबरको रहेको बताए प्रहरी उपरिक्षक अशोक सिंहले बताएका छन् । प्रहरीले चोरीका घटना बढेको सुचनापाएपछि चोर समात्न विशेष अप्रेसन थालेपछि चोरहरु भटाभट पक्राउ गर्न थालेका छन् ।

दिउँसोको समयमा विभिन्न पसल र घरहरुमा ग्राहकको रुपमा जाने र लोकेशन हेरी रातको समयमा गाडी नै लिएर गएर चोरी गर्ने गरेको खुलासा भएको छ ।

प्रहरी संगठित रुपमा भारतीय चोरहरुसँग मिलेर राजधानी लगायतका सहरी एरियामा चोरी गर्ने मानिसहरु प्रति कडा निगरानी गरेको महानगरीय प्रहरी वृत महाराजगंजका प्रमुख फडिन्द्र प्रसाईले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार