fbpx

निर्मला हत्या प्रकरण : विष्टलाई साढे १० लाख धरौटीमा छाड्न आदेश !



नेपालबहस संवाददाता
 




कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि छानबिन गर्ने क्रममा कमजोरी देखाएको आरोपमा बर्खास्तीमा परेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरिएको र शंकाष्पद अभियुक्त दिलिपसिंह विष्टलाई यातना दिएको अभियोगमा थुनछेक बहसपछि उनलाई न्यायाधीश डा।राजेन्द्रकुमार आचार्यले धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

‘दिल्लीराज विष्टलाई धरौटीमा रिहाई गर्न आदेश भएको छ’ जिल्ला अदालत कञ्चनपुरका रजिष्टार हरिकृष्ण अवस्थीले भने, ‘साढे १० लाख धरौटी माग भएको छ ।’

पूर्व एसपी विष्ट सहितका ८ जना विरुद्ध दीलिप विष्टलाई यातना दिएको र निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको भन्दै मुद्दा दायर भएको थियो। जिल्ला अदालत कञ्चनपुरले गत फागुन ३० गते उक्त मुद्दामा फैसना सुनाउदै ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

अदालतको आदेशपछि ६ जना ३१ लाख धरौटीमा रिहा भईसकेका छन् भने सीआईबीका डीएसपी अंगुर जिसी भने अझै सम्पर्कमा आएका छैनन्।


सम्बन्धित समाचार