भारतबाट ल्याईएका अबैध सामान पक्राउ गरी भन्सार चलान


Share This

नेपालबहस संवाददाता    

पर्सा,२५ बैशाख । पर्सा प्रहरीले भन्सार छली ल्याईएका अवैध सर समानहरु पक्राउ गरि भन्सार पठाईएको प्रहरीले जनाएको छ ।

यहि बैशाख १२ गते भंसार छलि गैरकानुनी तवरले बिभिन्न सामानहरु भारतबाट खरिद गरी नेपालतर्फ ल्याउदै गर्दाको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी गस्ति टोलीले प्रतिमा चोकबाट ना ४ ज ६१५४ नंम्बरको टाटा सुमो गाडीमा लोड गरी ल्याइएको सिल्क साडी १२ पिस, सुट पाईन्टको कपडा ५० मिटर, कुर्ता सुरुवाल ६ पिस, नेटको कपडा ५० मिटर र जिल्ला पर्सा बि.म.न.पा. २५ सिर्सिया पुलबाट धागो ४ पोका ९६ पिस र घडिको खाली बट्टा २३० पिस समेत नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन लिम्बुले बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State