विभिन्न जिल्लामा आगलागी, लाखौ मुल्य बराबरको धनमाल नष्ट


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका २ स्थित कलम खङको टिनको छानो भएको घरमा बुधबार आगलागी हुँदा नगद १ लाख र अन्य सामान जलेर नष्ट भएको छ ।

यस्तै जिल्लाको सप्तरी महादेव गाउँपालिका – ५ दुर्गापुरमा रहेको एनसेलको टावरको जेनेरेटरमा बुधबार आगलागी हुँदा करीब २० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

उता बाँके राप्ती सोनारी गाउँपालिका – ५ बस्ने लिलाबहादुर महराको कच्ची घरमा बुधबार आगलागी हुँदा घर जलेर नष्ट भई करीब ५ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ । यस्तै दाङ स् दंगीशरण गाउँपालिका -२ सिमलकुनास्थित बाँसको घारीमा लागेको आगोबाट सोही ठाउँ बस्ने ६२ वर्षीय मोहनलाल नेपालीको घरमा बुधबार आगलागी हुँदा करीब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

यस्तै उदयपुर स् रौतामाई गाउँपालिका – २ बस्ने रामकुमार मगरको घरको पेल्टीसेटको लाईनबाट करेन्ट सर्ट भई सोही स्थान बस्ने बलबहादुर मगरको घरमा समेत आगलागी हुँदा दुबै जनाका २ घर जलेर करीव २९ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका – ३ गोबरेपुरस्थित फरन खटिकको कच्ची घरमा खाना पकाउने क्रममा बुधबार आगलागी हुँदा घर जलेर करीब ५ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगो नियन्त्रण लिएको छ साथै विभिन्न जिल्लामा आगलागि भएका घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार