नक्कली सुन देखाएर ठगी गर्ने दुई जनालाई पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रहरीले सुन जस्तो देखिने ७ केजी धातु देखाएर ८० लाख रुपैयाँमा विक्री गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको दुरागाउँ–८ घर भइ हाल ललितपुरको हात्तिवन बस्दै आएका ३५ वर्षीय दिपेन्द्र बराइली र सिन्धुपाल्चोकको फुलपिङ–३ घर भइ हाल ललितपुर बस्दै आएका २७ वर्षीय रमेश बैजु छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले उनीहरुलाई ललितपुर महानगरपालिका–२८, हरिसिद्धीस्थित विकेएम खाजा घरबाट सुन जस्तो देखिन ७ थान विस्कुटसहित उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए । थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State