पाल्पामा बिहानै बम विस्फोट, विस्फोटक पदार्थबारे अनुसन्धान जारी


Share This

नेपालबहस संवाददाता    

पाल्पा । पाल्पाको रामपुरमा आइतबार बिहानै बम विस्फोट भएको छ । सदरमुकाम तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दामाथि करीब ५ बजे बम विस्फोट हुँदा आएको ठूलो आवाजाबट स्थानीयवासी त्रसित भएको प्रहरीले जानकारी दिएको छ ।

विस्फोटक पदार्थ के भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विनोद घिमिरेले बताए । नजिकै भेटिएका टुक्रालाई आधार मान्दा प्रेसर कुकर बम हुनुपर्ने घिमिरेको अनुमान छ ।

यसैबीच नेकपाले आह्वान गरेको बन्दले पाल्पाको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन छुटेका छैनन् भने शैक्षिक संस्था, बजार पसल सबै ठप्प भएका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State