नागढुङ्गा प्रहरीद्धारा १४ मुलुकका मुद्रासहित एकजना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले विभिन्न देशको मुद्रासहित एक जनालाई प्रक्राउ गरेको छ । अमेरिका सहित १४ मुलुकका १५ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित एकजना पक्राउ परेका हुन । महानगरिय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले झापा अर्जुनधाराका दिनेश गिरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशवराज भट्टले वताए ।

गिरी झापाबाट काठमाडौं आइरहेको ना ५ ख ७९३७ नम्बरको बसमा सवार थिए । उनको साथबाट अमेरिकन डलर, कतार, जापनीज यान, कोरियन, साउदी, मलेसिया, थाइल्याण्ड लगायतका १४ देशका मुद्रा बरामद भएको प्रहरी निरिक्षक भट्ट ले बताए ।

पक्राउ परेका गिरीमाथी अनुसन्धान कार्य जारी छ ।उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State