वैदेशिक रोजगारी ठगि अभियोगमा २ जना पक्राउ


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा पठाएको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका ८ जरङ्खु बस्नेहरू नवलपरासी गैंडाकोट नगरपालिका १३ की ४३ बर्षीया मनमाया आचार्य र तनहुँ सुन्धारा २ का ३९ बर्षीय छविलाल घिमिरेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुको कोठाबाट विभिन्न ब्यक्तिको नामका नागरिकता ३४ थान, नेपाली राहदानी ३० थान, नेपाली नागरिकता तथा राहदानीका प्रतिलिपीहरु र वैदेशिक रोजगारीको लागि गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदन १४ थान बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया