प्रहरी महानिरीक्षक खनालबाट डाटा सेन्टरको उदघाटन


Share This


नेपालबहस संवाददाता    265 Views

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच नेपाल प्रहरीको डाटा सेन्टरको विधिवत उदघाटन गरेका छन् ।

सोही अवसरमा उनले मुद्धाहरुको मिसिल व्यवस्थापन, लैंगिक अपराध, हराएका तथा फेला परेका व्यक्तिहरु, पहिचान हुन नसकेका शव, वान्टेड तथा मस्टवान्टेड व्यक्तिहरु एवम् हराएका तथा फेला परेका वस्तु, रेकर्ड सिस्टम सफ्टवेयर समेतको उदघाटन समेत गरेका छन् ।

सोही क्रममा प्रहरी महानिरीक्षक खनालले उक्त सेन्टरको अवलोकन समेत गरे । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले डाटा सेन्टरको स्थापनापछि प्रहरी कार्यमा अझ बढी जिम्मेवारी बोध भएको र यसको प्रयोगबाट देशभरि हुने अपराध अनुसन्धानमा थप सहजता हुने बताए।

Image may contain: 6 people, people standing

डिजिटलाइजेसनमा नेपाल सरकारको प्राथमिकता अनुरुप डाटा सेन्टरको स्थापना भएको उल्लेख गर्दै उनले डाटा सेन्टरको संचालन एवम् आवश्यक मर्मततर्फ विशेष ध्यान दिनुपर्ने र निरन्तरताका लागि दक्ष जनशक्ति हुनुपर्ने बताए ।

वृहत् डाटावेश सहितको एकिकृत सूचना केन्द्र, आवश्यक ढाँचा सहितको केन्द्रीकृत प्लेटफर्म, अपराधिक घटनाको प्रणालीगत डाटा रेकर्ड र तथ्याङ्कगत सूचनाको भण्डारलाई अत्यन्त व्यवस्थित रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले आवश्यकता अनुसार अन्य निकायहरुसँग पनि डाटावेसका विवरणहरु सेयर गर्दै लैजानु पर्ने बताए ।

Image may contain: 3 people, people sitting, screen and indoor

प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक‍‍ धिरु बस्न्यातले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग फरेन्सिक ल्याबका प्रहरी उपरीक्षक रबिन बस्न्यातले डाटा सेन्टर सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

Image may contain: 5 people, people standing

डाटा सेन्टरमा नेपाल प्रहरीको सम्पूर्ण सूचना प्रविधि सम्बन्धि सिस्टमहरु रहने व्यवस्था गरिएको छ । Data sharing अथवा Data Interface मार्फत् अन्य निकायहरुमा समेत सूचना आदान प्रदानका लागि आवद्ध हुन सकिने व्यवस्था रहेको छ ।

डाटा सेन्टरमा अपराध सम्बन्धी विवरणहरु केन्द्रीकृत रुपमा रहने तथा यसलाई Knowledge Management Platform को रुपमा समेत प्रयोग गरिनेछ ।

तपाईको प्रतिक्रिया