fbpx

सशस्त्र प्रहरी बल साउनदेखि नयाँ संरचनामा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । साउनदेखि आफ्नो संगठनलाइ सशस्त्र प्रहरी बलले संघीय संरचनामा लैजाने भएको छ। यो संरचना अन्र्तगत अब सशस्त्र प्रहरीको उपस्थिति ७७ वटै जिल्लामा हुने भएको छ।

हालको संरचनालाई समयानुकूल पुनरावलोकन तथा परिमार्जन गर्दै संगठनलाई पुनःसंरचना गरी अझ प्रभावकारी एवं समयसापेक्ष बनाउने भन्दै सशस्त्रले साउन १ देखि लागू हुने गरी संघीय कार्ययोजनाअन्र्तगत पुनःसंरचना गरेको हो।

सशस्त्र मुख्यालयको मातहत निकायलाई आवश्यक तयारीका लागि ५ असारमै परिपत्र गरेको थियो । डीआइजी सुरजकुमार श्रेष्ठले मातहत निकाय सबैलाई परिपत्र गरेका हुन्। सशस्त्र प्रहरी बलका एआइजी नारायणबाबु थापासहितको एक समितिले तयार पारेको सांगठनिक पुनःसंरचनासम्बन्धी प्रतिवेदन सरकारले जेठ २७ मा पास गरेको थियो ।

सो प्रतिवेदनअनुसार सशस्त्र प्रहरी बल नेपालको सांगठनिक पुनःसंरचना गरी नयाँ संरचना कायम गर्न विद्यमान दरबन्दीमा हेरफेर, केही कार्यालयको स्तर वृद्धि तथा सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति रहने गरी एकाइ स्थापना जस्ता विषय समेटिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार