प्रधानसेनापति भारत : अमेरिकी सेनाका जनरलसंग कामु सेनापतिको भे


Share This


नेपालबहस संवाददाता    60 Views

काठमाडौँ । नेपाली सेनाका कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले अमेरिकी सेनाका मेजरजनरलसँग भेट गरेका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्री भारत प्रस्थान गरेको केही समयमा नै कामु प्रधानसेनापति थापा र अमेरिकी सेनाका मेजर जनरलबीच भेटवार्ता भएको हो ।

कामु प्रधानसेनापति थापासँग अमेरिकी सेना प्यासिफिक क्षेत्रका मेजर जनरल रोजर जे नोबलबीच भेटवार्ता भएको हो । अमेरिकी जनरल नोबल पैदल सेना वार्ता (ल्याण्ड फोर्स टक) का लागि अमेरिकी सेनाको प्यासिफिक कमाण्डको नेतृत्व गर्दै नेपाल आएका हुन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार आजैबाट नेपाली सेना र अमेरिकी सेना प्यासिफिकबीच पहिलो पल्ट दुई दिने पैदल सेना वार्ता जंगी अड्डामा सुरु भएको छ । सो वार्तामा नेपाली सेनाको तर्फबाट उपरथी जगदिशचन्द्र पोखरेलसहित १९ र अमेरिकी सेनाको तर्फबाट मेजर जनरल नोबलसहित १७ गरी जम्मा ३६ अधिकृत सहभागी छन् ।

अन्तरक्रिया तथा छलफल कार्यक्रममा संयुक्त सैनिक मार्ग निर्देशनसैनिक कार्य प्राथमिकता, विपद् व्यवस्थापन तथा विभिन्न सैनिक तालिम एवं गतिविधि सम्बन्धि विषयमा केन्द्रित रहने बताइएको छ । उक्त कार्यक्रम अन्तर्गत भ्रमणदलका प्रमुखलाई नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेज र उपत्यका पृतना हेर्डक्वार्टरको भ्रमण गराउने व्यवस्था समेत मिलाईएको बताइएको छ ।

यस किसिमको अन्तरक्रिया तथा छलफलबाट नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सम्बन्ध अझ सौहार्दपूर्ण हुने निर्देशनालयले बताएको छ ।

तपाईको प्रतिक्रिया