fbpx

लम्की बजारमा बम फेला, सेनाद्धारा डिस्पोज हुँदै


Share This

नेपालबहस संवाददाता    

कैलाली । जिल्लाको लम्कीचुहा नगरपालिका–१, लम्की बजारमा बुधबार बिहान दुर्इ वटा प्रेसर कुकर बम फेला परेका छन् ।नगरपालिकामा रहेको मेघाश्री उद्योग परिसरमा बम फेला परेको हो ।

इलाका प्रहरी कार्यालय, लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले अज्ञात समूहले गएराति उद्योग परिसरमा बम राखेको बताए ।

प्रहरीले बम फेला परेको स्थानलाई अहिले घेरा हालेर राखेको छ । प्रहरी निरीक्षक जोशीले बम डिस्पोजका लागि गोरंगेस्थित नेपाली सेनालाई खबर गरिएको बताए ।

तपाईको प्रतिक्रिया