प्रधानसेनापति स्वदेश फिर्ता


Share This

नेपालबहस संवाददाता    

१२ जेठ, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।

प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाका बलाधिकृत रथी बलदेवराज महतले स्वागत गर्नाका साथै सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे ।

भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले अमेरिकाको होनोलुलु हवाईमा सञ्चालित कार्यक्रममा एसिया प्रशान्त क्षेत्रसम्बन्धी ‘एसेसमेन्ट अफ थियटर’ विषयमा सम्बोधन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भम्रणका क्रममा उनले अमेरिकाका विभिन्न सैन्य एकाइका उच्चपदस्थ सैनिक अधिकारीसँग भेटघाट तथा दुई देशबीचको आपसी सम्बन्ध तथा सहयोगबारे अन्तक्र्रियासमेत गरेको थियो । सैनिक नेतृत्व तहको सो भ्रमणले दुई देशबीचको आपसी सैनिक सम्बन्ध थप प्रगाढ हुनाका साथै आपसी सम्बन्धमा नयाँ आयाम थपिएको विश्वास व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार