बेवारिसे अवस्थामा भेटिएको रकम प्रहरीद्वारा फिर्ता


Share This

नेपालबहस संवाददाता    

विराटनगर । इलाका प्रहरी कार्यालय, रानीका प्रहरी सहायक निरीक्षक लोकप्रसाद दुलालले बेवारिसे अवस्थामा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई मंगलबार फिर्ता गरेका छन् ।

विराटनगर–१५ स्थित भन्सार ढाटमा ड्युटीमा खटिएका बेलामा सो रकम भेटिएको थियो । विराटनगर–१० बस्ने डा क्षितिज गिरीलाई सो रकम मंगलबार फिर्ता गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रानीले समाजिक सञ्जालमार्फत रकम भेटिएको विषयमा जानकारी गराएर सम्बन्धित धनीलाई प्रमाणसहित सम्पर्क राख्न अनुरोध गरेपछि डा गिरीले प्रमाणसहित आएकाले रकम फिर्ता गरिएको प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State