प्रहरी अधिकारीकै संरक्षणमा इर्नवा नाकामा पोके तस्करी मौलायो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं ।  गहृमन्त्री रामबहादुर थापा ‘बादल’ ले एक साता अघि प्रहरी प्रशासनका उच्च अधिकारीहरुलाई सम्बोधन गर्दै ‘प्रहरी प्रशासनको नजर हरदम तस्कर तथा अपराधीको नजरभन्दा एक कदम अगाडि हुनुपर्ने भनेर दिर्नेशन दिए । ’

गृहमन्त्रीकोे निर्देशन एक साता पुरा नहुदै पर्साको इर्नवा नाकामा प्रहरीका एक अधिकारीकै संरक्षणमा पोके तस्करी मौलाएको खबर बाहिर आएको छ । प्रहरी चौकी अगाडिबाटै दिनहुजस्तो पोके व्यापारीले सामान ओर्सादा समेत प्रहरी मुकदर्शक बनेर बसेको छ । यस्ता पोके व्यापारीले गर्दा नाकामा राजश्व तिरेर व्यापार व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरु मर्कामा परेका छन् ।

स्रोतका अनुसार इर्नवा नाकाका इन्चार्ज प्रहरी नायव निरिक्षक त्रिभुवन साहको सरक्षंणमा ४/५ सय पोके तस्करहरुले दैनिक रुपमा सिमापारीबाट घरायसी तथा व्यापारिक प्रयोजनका लागि सामान ल्याउने गरेको स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यलय चितवनमा कार्यरत भएतापनि तत्कालिन नेपाल प्रहरीका प्रहरी प्रमुख आइजिपी प्रकाश अर्याल अवकाश हुने वेला जिप्रका चितवनबाट प्रमुख व्यापारीक केन्द्र इर्नवा नाकामा काजमा साहलाई सरुवा गरेका थिए ।

साह यसअघि पनि कमाइका रुपले राम्रै आम्दानी हुने प्रमुख व्यापारिक नाकामा इन्र्चाजका रुपमा काम गरिसकेका प्रहरी अधिकारी हुन् । प्रहरी संङगठन भित्रै साहको छवि पनि राम्रो नरहेको प्रहरी स्रोतले नेपाल बहस डट कमलाई जानकारी गरायो । प्रहरी संगठन भित्रै धमिलो छवि भएका साहलाई स्वच्छ छविका रुपमा चिनिएका आइजिपि अर्यालकै पहलमा किन इर्नवा नाकमा सरुवा गरियो भनेर प्रहरी संगठन भित्रै शंकाको दृष्टिले हेर्ने गरिएको उच्च स्रोतले जनाएको छ । साह यसअघि पनि अतिरिक्त आम्दानीका हिसावले राम्रै कमाइ हुने तराइका विभिन्न सिमा नाकामा इन्चाजर्का रुपमा काम गरिसकेका प्रहरी अधिकारी हुन् ।

साहले यसअघि पनि पर्सा जिल्लाका पथलैया, सेढवा, जानकीटोलाका साथै रौतहट जिल्लाका विभिन्न प्रहरी चौकीका इन्चार्जका रुपमा काम गरिकसेका छन् । राज्यको तलव भत्ता पचाएर देशको राजश्व संकलन हुने प्रमुख नाकामै प्रहरीको यस्तो कर्तुतताले प्रहरी प्रशासनप्रति जनताले हर्ने दृष्टिकोण नै परिवर्तन भएको छ ।

प्रहरी चौकीको ढोकैमा दिनदाहडै तस्करी हुदा समेत मुकदर्शक बन्नु कँहासम्म प्रहरी प्रशासनको नालायकी हो । यती मात्र होइन वर्षैदेखी प्रहरी चौकी स्थापना गरी बसेका प्रहरी अधिकारीलाई नै थाहा छैन् कि सिमा नाकामा दैनिक कति पोके तस्करको आवतजावत हुन्छ भनेर आधिकारिक तंथ्याङ समेत छैन् ।

तर त्यस वरपर व्यापार व्यवसाय सञ्चालन गरी रहेका व्यापारीहरु बताउछन् ,दैनिक रुपमा महिला तथा पुरुषहरु साइकल तथा अटोमा करिव ४/५ सय जना पोके व्यापारीहरु दैनिक रुपमा सामान सिमावार पार गर्ने गरेका छन् । नाम नभन्ने शर्तमा एक पोके व्यापरीले भने घर व्यवहार चलाउनका लागि आफु दैनिक रुपमा सिमापारीबाट सामान खरिद गरि इर्नवाका विभिन्न स्थानका खुद्रा तथा थोक व्यापारीलाई सामान विक्रि गर्ने गरेको बताए ।

“मासिक रुपमा सिमापारिबाट सामान ल्याएवापत इर्नवा नाकाका इन्जार्च त्रिभुवन साहलाई रेट नै कायम गरी महिनावारी रुपमा १५ सय देखि १० हजार सम्म हप्ता बुझाउने गरेको समेत बताए । यसरी मासिक रुपमा हप्ता बुझ्दा मासिक १० लाख भन्दा बढी रकम हप्ताबाटै सकंलन हुन आउछ । भर्खरै सरुवा भएर आएका जिप्रका पर्साका प्रहरी प्रमुख एसपी रेवती प्रसाद ढकाललाई इर्नवा नाकाका इन्जार्ज साहको बारेमा मौखिक रुपमा नेपाल बहस डटकमले जानकारी गराउदा आफू भर्खर आएकोले त्यसबारे बुझने बताए ।

इर्नवा नाकाका इन्चार्ज साहकै संरक्षणमा पोके तस्करी भइरहेको बारे एसपी ढकालले प्रष्टाउदै ‘ आफु जिल्लामा भर्खरै सरुवा भएर आएको भकाले यस विषयमा कुनै जानकार नरहेको बताए र तर तपाइकै यही सूचनाको आधारमा यस विषयमा मातहतका कर्मचारीसंग छानविन गर्ने र यदि सहि भए इन्चार्ज साहलाई कारबाही गर्ने भनाइ राखे ।’

त्यस्तै अर्को एक गोप्य स्रोतका अनुसार पर्सा जिल्ला क्राइम व्रान्चका इन्चार्ज प्रहरी साहयक निरिक्षक तेज प्रताप सिंहले जिल्लाका प्रहरी नायव उपरिक्षक राजन लिम्बुसँग मिली प्रहरी जवान तथा हवल्दारसंग पैसा असुल गरी अतिरिक्त आम्दानी हुने नाकामा सरुवा गर्ने समेत काम गर्ने गरेको स्रोतले जनाएको छ ।

एक जवान तथा हवल्दारलाई सरुवा गराए वापत ५ हजार देखी १० हजारसम्म रकम लिने गरेको प्रहरी स्रोतले नै जानकारी गराएको हो । त्यस्तै सरुवा भएका सिमा नाकामा खटिएका प्रहरीले समेत टोली इन्चार्ज सिहंलाई मासिक रुपमा रकम दिने गरेको खुलासा भएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार