बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक खनालको मृत्यु


Share This


नेपालबहस संवाददाता    83 Views

रुपन्देही । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक पोमनारायण खनालको आज निधन भएको छ ।

यही जेठ २० गते बुटवलमा भएको दुर्घटनामा गम्भीर घाइते भएका खनालको काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचार हुदाहुदै निधन भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए ।

दुर्घटनापछि मणिग्रामस्थित क्रिमसन अस्पतालमा प्रारम्भिक उपचार भएको र थप उपचारका लागि उनलाई काठमाडौँ लगिएको थियो । आफैले चलाएको स्कारपियो गाडी बसमा ठोक्किँएर दुर्घटना भएको थियो ।

तपाईको प्रतिक्रिया