नक्कली प्रहरी बनी सर्वसाधारणलाई ठगी गर्ने पक्राउ


Share This

नेपालबहस संवाददाता    

पर्सा । नक्कली प्रहरी सि बि आई बनी सर्वसाधारण ब्यक्तिहरुलाई ठगी गर्ने एक जना पक्राउ परेका छन् । आफु सिआइवी को ईन्सपेक्टर हुँ भनी गाउँघरका सोझासाझा सर्वसाधारण ब्यक्तिहरुलाई झुक्यानमा पारी थर्काउने तथा ठगी गर्दै हिडने सखुवाप्रसौनी गाउपालिका १ शितपुर बस्ने श्रीराम महतो गुरोलाई प्रकाउ गरीएको जिल्ला प्रहरी कायएलय पर्साका प्रहरी प्रमख रेवती प्रसाद ढकालले जानकारी दिए ।

महतोको साथबाट झुठो छनौट पत्र समेत बरामद गरी आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि नियन्त्रणमा राखिएको छ ।नक्कली ईन्सपेक्टर सिआइवीले बिभिन्न किसिमको झुक्यान, प्रलोभन वा दबाबमा पारी कुनै किसिमको ठगी गरेको वा रकम लिएको भए प्रहरीमा उजरी गर्न स्थानियलाइ बताइएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State