उपत्यका चोरी नियन्त्रण बिशेष अभियान, ३०७ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । उपत्यका लगाएत भक्तपुर र ललितपुरमा दैनिक जसो चोरीका घटनाहरु अत्याधिक हुने भएकाले घटनालाई न्युनिकरणका लागी महानगरीय प्रहरी परिसरले बृत्त हरु संग समन्वय गरि चोरी नियन्त्रण बिशेष अभियान थालेको छ ।

चोरीका घटना नियन्त्रण गर्न यहि जेठ १३ गतेदेखि बिशेष सुरक्षा योजना अनुसार चोरी नियन्त्रण बिशेष अभियान उपत्यकाका बिभिन्न स्थानमा सुरु गरिएको छ । भर्खरै मात्रामा सुरु अभियानका क्रममा ३ सय ७ जना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दिनमा र रातमा विभिन्न बहानामा चोरी हने भएपछि सादा पोशाकमा प्रहरी चालन गरिएको बताइएको छ ।

बिषेश सुरक्षा योजना अभियान अन्तर्गत महाशाखाबाट दैनिकजसो बिहान १० बजे देखि साझ ६ बजेसम्म सादा पोशाकमा गस्ती ९पेट्रिलिङ ० तथा आकस्मिक चेक जाँच गर्ने गरिएको हुनाले चोरी घटनामा तुलनात्मक रुपमा कमि प्रहरीले बताएको छ ।

चोरी नियन्त्रण १५ दिने बिशेष अभियानको अबधिमा बिभिन्न अपराधिक घटनामा सम्लग्न रहेका जम्मा ३०७ जना मानिसहरु लाई नियन्त्रणमा लिएको छ । चोरी नियन्त्रण विशेष अभियानले  नगद २९ हजार ७ सय सहित चोरी गर्न प्रयोग गर्ने फलामको २ थान रड, मो.सा. १ थान, स्कुटर २ थान ,साईकल २ थान पक्राउ गरेको छ ।

यस्तै अभियानले बिभिन्न नक्कली गर गहना सहित चोरी मुद्दामा , ला।औ।बिक्री बितरण तथा सेवन कार्यमा सम्लग्न रहेका ३ जनालाई पक्राउ गरेको छ । सो अभियानले भारतिय ५ सय दरका २ हजार थान कपडा सहित १ जना पक्राउ गरी आन्तरिक राजश्ववमा कारबाहिको लागी सिफारिस गरेको छ ।

प्रहरीको विशेष अभियानले बिगतमा चोरी ,पाकेटमरी, लुटपाट जस्ता कार्यमा सम्लग्न ५३ जनालाई पनि पक्राउ गरेको छ । यसैबिच अन्य घटनामा संलग्न रहेको आरोपमा २ सय २१ जना लाई सोधपुछ पश्चात छाडी निगरानीमा राखिएको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State