टोलटोलमा प्रहरी अभियान कार्यक्रम २०७५ सुरु हुदै


Share This


नेपालबहस संवाददाता    107 Views

पर्सा । गृह प्रशासन सुधार कार्य योजना २०७४ अन्र्तगत टोलटोलमा प्रहरी अभियान कार्यक्रम सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साको आयोजित कार्यक्रममा यस विषयमा छलपल भएको छ ।

कार्यालय मातहत सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, सामुदायिक प्रहरी सेवा केन्द्र छप्कैया, सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजार, सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल र सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका प्रहरी कर्मचारीहरुको उपस्थितीमा कार्यक्रम सम्बन्धी आगामी कार्ययोजना बनाइ कार्यान्वयनको लागि छलफल गरिएको छ।

अपराध रोकथाम गर्ने उदेश्यले समुदायिक प्रहरी सेवाको अवधारणा अनुरुप प्रत्येक जनताको घर दैलोमा प्रहरी कर्मचारी पुगी सुरक्षा सरोकारका विषयमा जनतालाई सुसूचित गराउने तथा वस्तुगत परिस्थितिको जानकारी लिने पद्दतिको विकास टोलटोलमा प्रहरी अभियानले गर्ने भएको छ ।

गएको बर्ष असोज ६ गते देशव्यापी रुपमा टोल टोलमा प्रहरी अभियान कार्यक्रमको उदघाटन तत्कालिन माननिय गृह मन्त्री जनार्दन शर्माबाट भएको थियो ।

साथै वर्तमान गृहमन्त्री राम बहादुर थापा बादलू बाट जारी भएको गृह प्रशासन सुधार कार्य योजना २०७४ को बुँदा नं.३७ मा टोल-टोलमा प्रहरी अभियान कार्यक्रम संचालन गर्ने भन्ने कार्ययोजनालाई लागु गर्न टोल-टोलमा प्रहरी अभियान कार्यक्रम संचालनको लागि कार्ययोजना निर्माण गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया