६ वटा प्रहरी युनिटमा सिसिटिभी क्यामेरा जडान


Share This

नेपालबहस संवाददाता    

भीमदत्तनगर । कञ्चनपुर प्रहरीले जिल्ला प्रहरी कार्यालय भीमदत्तनगरसहित पाँचवटा इलाका प्रहरी कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरेको छ ।

प्रहरीको केन्द्रीय कार्यलयको नीति अनुसार जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयहरु दोधारा– चाँदनी, झलारी, बेल्डाँडी, बेलौरी र त्रिभुवनबस्तीमा सिसिटिभी क्यामेरा जडान गरिएको प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। जिल्लामा पहिलो पटक कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएको हो ।

कार्यालयको प्रवेशद्वार, थुनुवा कक्ष र कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । यसले कार्यसम्पादनमा थप सहजता थप्ने प्रहरी प्रवक्ता सेटीले बताए, उनी भन्छन् अब बजार क्षेत्रमा पनि जडान हुदै छ ।

भीमदत्त नगरपालिकाले नगरक्षेत्रको १८ स्थानमा सिसिटिभी क्यामेरा जडानका लागि प्रक्रिया थालेको छ । क्यामेरा जडान गर्न रु २१ लाखको ठेक्का सम्झौता भइसकेको सेटीले बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State