चार दिने भ्रमणका लागि प्रधानसेनापति क्षत्री म्यानमार प्रस्थान


Share This


नेपालबहस संवाददाता    

कायम मुकायम प्रधानसेनापति पूर्णचन्द्र थापा

काठमाडौं । म्यानमार र चीन भ्रमणका लागि मंगलबार प्रधानसेनापति राजेन्द्र क्षत्री त्यसतर्फ प्रस्थान गरेका छन् । उनी चार दिने म्यानमार भ्रमण पूरा गरी असार २४ गते चीन जाने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले बताएको छ ।

मंगलबार त्रिभुवन विमानस्थलमा प्रधानसेनापति क्षत्रीलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले विदाइ गरे । प्रधानसेनापति क्षत्री म्यानमारमा रहँदा त्यहाँका राष्ट्रपति, प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी, सेनाध्यक्ष र म्यानमारमा रहेका प्रवासी नेपालीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै चीनमा रहँदा चिनिया रक्षामन्त्री, सेनाध्यक्षलगायत उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति असार २९ गतेमात्रै नेपाल फर्कने कार्यक्रम रहेको छ । उनको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।

तपाईको प्रतिक्रिया