कम्वाइन्ड रेस्क्यू टेकनीक्स तालिम समापन


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा विपद व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित पाचौं समूहको कम्वाइन्ड रेस्क्यू टेकनीक्स तालिम शुक्रबार आयोजित एक कार्यक्रम बीच सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर खत्रीको प्रमुख आतिथ्थमा समापन भएको छ ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले तालिममा सिकेका ज्ञान, सिपको कार्यक्षेत्रमा सही सदुपयोग गरी काम गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिए ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्दै असार १७ गतेबाट संचालित उक्त तालिममा कुल ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको बताए ।

तपाईको प्रतिक्रिया