रेडियो मेन्टिनेन्स ग्रेड थ्री तालिम सम्पन


Share This


नेपालबहस संवाददाता    231 Views

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, संचार निर्देशनालयमा संचालित रेडियो मेन्टिनेन्स ग्रेड थ्री तालिम १३ औं समूहको समापन भएको छ ।

निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा .राजिव सुव्बाले आइतबार निर्देशनालयमा आयोजित एक कार्यक्रममा प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेका सैद्धान्तिक र व्यवहारिक ज्ञानलाई कार्य क्षेत्रमा ईमान्दारीपुर्वक लगनशिल भई कार्य गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिए ।

प्रहरी निरीक्षक जय शंकर शर्माले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा प्रहरी हवल्दार किशोर कुमार मगरले प्रशिक्षार्थीहरुको तर्फबाट व्यक्त गर्नुभएको थियो ।गत माघ १८ गतेबाट संचालित उक्त तालिममा संचारतर्फका १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार