आठ जना डिआइजी र दुई जना एसएसपीले पाए अवकास


Share This


नेपालबहस संवाददाता    481 Views

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण उच्च तहका दश प्रहरीहरूले अनिवार्य अवकास पाएका छन्। सेवा अवधिका कारण आठ जना डिआइजी र दुई जना एसएसपीले अवकास पाएका हुन्।

अवकास पाउनेहरुमा डिआइजीहरु छविलाल जोशी, उत्तमकुमार कार्की, पवन प्रसाद खरेल, ज्ञानविक्रम शाह, रविन्द्रप्रसाद शर्मा, प्रेम चन्द, शरद चन्द र श्याम खडका छन्। एसएसपीहरुमा भने श्यामबहादुर खत्री र मोहनराज जोशी छन्।

उनीहरु २०४५ असार २९ गते प्रहरी निरीक्षकबाट संगठनमा प्रवेश गरेका थिए। एसएसपी श्यामबहादुर खत्री भने ३३ किलो सुन प्रकरणमा जिल्ला अदालत मोरङको आदेश अनुसार पुर्पक्षको लागि क्षेत्रिय कारागार झुम्कामा थुनामा छन्।

कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोग, खरेल प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, शाह मानव स्रोत विभाग, जोशी कार्य विभाग र चन्द प्रदेश ७ मा कार्यरत थिए।

योसँगै अब एआईजी बढुवाको प्रतिष्पर्धामा ५ जना डिआईजी बाँकी रहेका छन् । जसमा पुष्कर कार्की, मनोज नेउपाने, धिरू बस्नेत, ठूले राई र सुरेश विक्रम शाह छन्

तपाईको प्रतिक्रिया