सईबाट इन्स्पेक्टरमा बढुवा तयारी


Share This

नेपालबहस संवाददाता    

५ साउन, काठमाडौं । एक हप्ताभित्रै एआईजीदेखि डीएसपीसम्म रिक्त रहेको पदमा बढुवा सिफारिस गरेको बढुवा समितिले नेपाल प्रहरीका करिब ६५ जना प्रहरी नायब निरीक्षक (सई) लाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाका लागि सिफारिस गर्ने तयारी गरेको छ । प्रहरी मुख्यालयको कर्मचारी प्रशासन शाखाले बढुवा सूची प्रकाशित गर्नेगरी बढुवा समितिलाई सम्भावित उम्मेदवारहरुको व्यक्तिगत विवरण, कार्यसम्पादन मूल्यांकन विवरण उपलब्ध गराइसकेको स्रोतको दाबी छ ।

बढुवाको लाइनमा २०५९ मा सई भएका करिब आधा दर्जन, २०६० का १ सय ७, २०६१ मा ३ लटमा बढुवा भएका करिब २ सय ५० र ६२ मा सई भएका करिब २ सय गरी करिब साढे ५ सय जना इन्स्पेक्टर बढुवाको आकांक्षी देखिएका छन् । २०६० मा सई भएका १ सय ७ मध्ये ३० जना विभिन्न भीआईपी र भीभीआईपीहरुको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) मा कार्यरत छन् ।

गृहमन्त्री जनार्दन शर्माले यसपटकको बढुवामा २०५९, २०६०, २०६१ र २०६२ सालमा प्रहरी नायब निरीक्षकमा बढुवा भएकाहरुमध्येबाट उत्कृष्टहरुलाई छानेर बढुवा गर्ने गरी प्रक्रिया अगाडि बढाउन बढुवा समितिलाई निर्देशन दिईसकेका छन् ।

 

 

 

 

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार