fbpx

राजमार्गका होटेल व्यवसायी त्राहीमाम्, प्रहरी प्रशासनले थाल्यो कार्बाही !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । विभिन्न राजमार्गमा यात्रुले होटेलमा राम्रो खाना खान नपाएको भन्ने गुनासोमा प्रहरी प्रशासनले कार्बाही थाल्ने भएको छ ।

बिशेष गरी बुटवल, नारायणघाट राजमार्गका होटलमा खाना र नास्ता खाए बाफत बढि मुल्य तिर्नु परेको र खाना नि राम्रो नहुने भन्ने बारे प्रधानमन्त्री कार्यालयको गुनासो व्यस्थापन शाखामा उजुरी तथा गुनासा परेपछि गृहमन्त्रालयले राजमार्ग मातहतका प्रहरी प्रशासनलाई कार्बाही थाल्न तथा अनुगमन गर्न निर्देशन दिएको छ ।

असार २५ गते गुनासो शाखामा परेको उजुरीमा तोकेको मुल्य भन्दा बढि तिर्नु परेको गुनासो परेपछि गुनासो व्यस्थापन शाखाका शाखा अधिकृत कृष्ण अधिकारीद्धारा जारी विज्ञप्तीमा राजमार्ग मातहतका प्रहरी प्रशासनलाई तत्काल अनुगमन तथा कार्बाही गर्न निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार