fbpx

मेट्रो ट्राफिक एफ.एमको छैठौं वार्षिकोत्सव सम्पन्न


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । मेट्रो ट्राफिक एफ. एम. ‘९५.६ मेगाहर्ज’को छैठौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । महानगरीय प्रहरी कार्यालयका निमित्त प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी क्लब भृकुटी मण्डपमा सम्पन्न कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

ट्राफिक एफ.एम.एक मनोरञ्जनका साधन मात्र नभई हिंसा न्यूनिकरण, अपराध रोकथाम, नागरीकको चासोहरूको बारेमा सुचना सम्प्रेसण गर्ने साधनको रूपमा विकास भईरहेको प्रमुख अतिथि निमित्त प्रहरी आयुक्त न्यौपानेले बताए ।

Image may contain: 2 people, people standingउपत्यकाको ट्राफिक व्यबस्थापनलाई चुस्त एंव प्रभावकारी बनाई सड्क दुर्घटना न्यूनिकरणको लागि सरोकारवाला निकायहरू संग समन्वय भैरहेको जानकारी दिँदै न्यौपानेले सड्क लगाएतका पुर्वधारहरूलाई प्रविधि मैत्री बनाई यात्रुको चापको आधारमा मात्र सवारी संचालन गर्ने निति अवलम्बन गर्नु पर्ने आवश्यकता रहेको बताए ।
Image may contain: 4 people, people standing and people sittingट्राफिक दुर्घटना न्यूनिकरणको लागि एम.एम ले जनचेतना मुलक कार्यक्रम प्रसारण गर्ने तथा पर्चा पम्पलेटहरू प्रकाशन गरी जनचेतना अभिवृद्धि गर्नमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेकोमा आउँदा दिनहरूमा यसले अझ प्रभावकारी रूपमा अगाडी बढ्न ‍सकोस भन्ने शुभकामना समेत दिए ।
Image may contain: 3 people, people sitting and people standingकार्यक्रममा ब्म्द्य को सौजन्यमा, सडकबोर्ड नेपाल, बैदेशिक महाशाखाबाट महानगरीय ट्राफिक महाशाखालाई प्राप्तक Traffic Violation Record System (TVRS) सर्भर समेत हस्तान्तरण गरिएको बताइएको छ ।
Image may contain: 4 people, people sitting
Image may contain: 3 people, flower and hat
तपाईको प्रतिक्रिया