मोटरसाइकल आउटराइर्डस तालिम सम्पन्न



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको आयोजनामा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित मोटरसाइकल आउटराइडर्स उन्नत तालिम सम्पन्न भएको छ ।

छैठौं समूह र सवारी चालक ‘हलुका, हेभि’ उन्नत १८ औं समूहको तालिम आज आयोजित एक कार्यक्रमबीच समापन गरिएको हो ।

सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई.नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिममा हासिल गरेका ज्ञान सीपलाई अनुशासित र लगनशिल भई प्रशिक्षार्थीहरूलाई आफ्नो कार्यक्षेत्रमा लागू गर्न समेत उनले निर्देशन दिए ।

प्रहरी निरीक्षक ई.कमलेन्द्र लाल कर्णले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्दै कूल १६ दिन कार्यावधी रहेको मोटरसाइकल आउटराइडर्स तालिममा ४० जना र १६ दिन कार्यावधी रहेको सवारी चालक तालिममा ५६ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •