विपद व्यवस्थापन आधारभूत तालिम सम्पन्न


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा विपद व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित छैठौं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न भएको छ ।

सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप कुमार चौधरीको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक कार्यक्रमबीच समापन भएको हो ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक चौधरीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै विपद परेको अवस्थामा उद्दार कार्यमा खटिन तालिममा सिकेका ज्ञान, सीपलाई सही सदुपयोग गरी काम गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिएका छन् ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्दै साउन ७ गतेबाट संचालित उक्त तालिममा प्रहरी सहायक निरीक्षक ३ र प्रहरी जवान २७ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया