प्रहरीको खोजतलास अभियान : पहिलो सातामै ९ सय लिटर मदिरा बरामद



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बर्दिवास । खोजतलास अभियान अन्तर्गत प्रहरीले महोत्तरी जिल्लाको उत्तरी क्षेत्रबाट ६०० लिटर अवैध मदिरा नियन्त्रणमा लिएको छ । यसै साताको प्रारम्भ गत आइतबारसँगै सञ्चालन गरिएको अभियानमा ६०० लिटर तयार घरेलु मदिरा र ३०० लिटर मदिरा बनाउने कच्चापदार्थ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो ।

जिल्लाको सुदूर उत्तरी क्षेत्रको बर्दिवास नगरपालिका क्षेत्रका वडा नं १, २, १४ मा पर्ने बजार क्षेत्रका होटल र वडा नं ४ को माइस्थान बस्तीमा गरिएको सर्च अभियानमा बरामद गरिएको घरेलु मदिरा र कच्चापदार्थ शनिबार नष्ट गरिने इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख नकुल पोखरेलले जानकारी दिए ।

जिल्लाको बर्दिवास नगर क्षेत्र अवैध मदिरा उत्पादन, बिक्री वितरण र खुला प्रयोग एवं लागुऔषध ओसारपसार र दुव्र्यसनीको मुख्य अखडा मानिँदै आएको प्रहरीले जनाएको छ ।

यसबीचमा अवैध मदिरा उत्पादन गर्ने ठूल्ठूला भट्टी फेला पारेर भत्काइए पनि लागुऔषध दुव्र्यसनीले अखडा फेर्दै गएको प्रनाउ पोखरेलले बताए ।

लागुपदार्थको ओसारपसार र दुव्र्यसनको मुख्य अखडा मानिने बर्दिवास नगर क्षेत्रभित्रबाट प्रहरीले गत आर्थिक वर्ष २०७४/०७५ भित्र नाइट्रोभेट एक हजार २७८, स्पास्मो २१२, कोरेक्स पाँच बोतल, गाँजा २३ किलो र नाइट्रोजन टेबलेट १५ वटा बरामद गरेको थियो ।

इलाका प्रहरी कार्यालय बर्दिवासले लागुपदार्थ दुव्र्यसन नियन्त्रणका लागि प्रत्येक घरपरिवारभित्रबाटै सामूहिक अभियान नै सञ्चालन गर्नुपर्ने र आफ्ना नानीहरुको सङ्गत, घुमफिर र उनीहरुको खानपिनमा सबै अभिभावकलाई निगरानीमा राख्न आह्वान गरेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार