राष्ट्रपति भण्डारीद्धारा नवनियुक्त प्रधान सेनापति थापालाई दर्ज्यानी चिह्न


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको महारथीको दर्ज्यानी चिह्न आइतबार पाएका छन् । शीतल निवासमा आज आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई दर्ज्यानी चिह्न प्रदान गरेकी हुन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पदावधि समाप्त भएका कारण उनले अवकाश पाएका छन् । अवकाशमा जानु एक महिनाअघि नै बिदामा बस्ने सैनिक परम्पराअनुसार प्रधानसेनापति क्षेत्री बिदा बसेका कारण सरकारले गत साउन २४ गतेदेखि लागू हुने गरी रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो ।

उनले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आजैदेखि नेपालको ४३औँ प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार