बोली, आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापन गर्न प्रहरी महानिरीक्षकको निर्देशन



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चालकलाई अपराधीलाई झैँ व्यवहार नगर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । आइतवार बिहान महानगरीय ट्राफिक प्रहरी महाशाखा पुगेर कार्यालयको अनुगमन गर्दै उनले कुनै पनि यातायातका चालकलाई अपराधीलाई झैँ व्यवहार नगर्न निर्देशन दिएका हुन् ।

सोही अवसरमा महानिरीक्षक खनालले ट्राफिक प्रहरीको काम कर्तव्य र भूमिकाबारे समेत उपस्थित ट्राफिक प्रहरीलाई जानकारी दिए। पछिल्लो समय ट्राफिक प्रहरीले समिति स्रोत र साधनको बाबजुद पनि राम्रो काम गरेकाले थप ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली, आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिए।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महाशाखाले गरेको कार्यप्रगतिबारे जानकारी गराएका थिए। उपत्यकाभित्र अहिले १२ लाख भन्दा बढी सवारी साधनहरू गुड्ने गरेको प्रहरीको तथ्याङकमा रहेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार