बालुवा तस्करीसँग घुस माग्ने ९ जना प्रहरी पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । काठमाडौं र भक्तपुरमा घुस माग्ने नौ प्रहरी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई बालुवा तस्करीसँग घुस मागी रहेका बेला पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वर, काडाँघारी र भक्तपुरको सानोठिमी प्रभागका प्रहरीलाई आयोगबाट खटिएको टोलीले शनिबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई असई, तीन हवल्दार र चार सिपाही रहेका छन् ।

बालुवा तस्करीको सेटिङ मिलाउँदै उनीहरुले घुस मागेका थिए । घुस लिएको सूचना पाएपछि अख्तियारले ‘स्टिङ अप्रेसन’ चलाएर उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया