fbpx

उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । यात्रुहरुको सुविधालाई मध्यनजर गरि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

कलंकी, स्वयम्भु, नयाबसपार्क, सातदोबाटो, गौशाला, चाबाहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानोबसपार्क र नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

नजिकिदै गरेको चाडबाडलाई मध्यनजर गरि स्थापना गरिएको सहायता कक्षमा अपराध एवं दुर्व्यहार तथा ट्राफिक सम्बन्धी गुनासोहरु राख्न सकिने छ ।

सहायता कक्षमा यातायात व्यवस्था विभागका कर्मचारी, यातायात व्यवसायी संघका प्रतिनिधी, नागरिक समाजका प्रतिनिधी, ट्राफिक र जनपद प्रहरीका कर्मचारीहरु रहने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार