fbpx

२७ औं समूहको प्रहरी अधिकृत आधारभूत तालिम सम्पन्न


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित २७ औं समूहको प्रहरी अधिकृत ”प्राविधिक’ आधारभूत तालिम सम्पन्न भएको छ ।

कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीको प्रमुख आतिथ्यमा आज एक समारोहबीच तालिम सम्पन्न भएको हो । सोही अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीहरुलाई पुरस्कार वितरण गरेका छन् ।

उनले प्रत्येक प्रहरीका लागि आधारभूत तालिम विशेष हुने चर्चा गर्दै लगनशील, दृढ इच्छा तथा उर्जाका साथ प्रशिक्षार्थीहरुको तालिममा सहभागिताले संगठन, देश र जनताप्रति सेवाभाव उच्च रहेको प्रमाणित भएको बताए ।

प्रविधिको प्रयोग बिना अपराध न्यूनिकरण असम्भव सरह भएको अवस्थामा अपराध कर्मका लागि प्रयोग हुने प्रविधिलाई नियन्त्रण गरी निष्तेज पार्न प्राविधिक प्रहरी कर्मचारीको ज्ञान र सीपले प्रहरी कार्यमा महत्वपूर्ण भूमिका खेल्ने प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले उल्लेख गरे ।

समारोहमा अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै प्रहरीको व्यावसायिक तालिम हासिल पछि कठोर परिश्रम, दृढ प्रतिज्ञा, साहस र धैर्यताका साथ कार्यक्षेत्रमा काम गर्न आवश्यक पर्ने बताए ।

सोही विद्यालयका सह-प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक बिनोद शर्मा घिमिरेले प्रशिक्षार्थीहरुलाई शब्दोच्चारणद्वारा सपथ ग्रहण गराए । सो समारोहमा तालिम संयोजक प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका हुन्।

जम्मा ९५ कार्य दिन अवधिको तालिममा २ प्रहरी नायव उपरीक्षक, ४ प्रहरी निरीक्षक, ३१ प्रहरी नायव निरीक्षक र १४ प्रहरी सहायक निरीक्षक गरी कुल ५१ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । प्रशिक्षार्थीमध्ये १५ जना महिला थिए ।

वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको सो समारोहमा प्रशिक्षार्थीका अभिभावकहरुले प्रशिक्षार्थीहरुलाई दर्ज्यानी चिन्ह शुसोभन गरेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार