fbpx

विशेष सुरक्षा योजना लागु भएकै दिन चोरी ! दशैंमा के होला ?


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । चाडपर्व नजिकिदै गर्दा काठमाडौं, लैनचौर, भक्तपुर र ललितपुरका विभिन्न स्थानहरुबाट ठूलो परिमाणमा धनमाल चोरी भएको छ ।

काठमाडौं शंकरापुर नगरपालिका-३ लप्सीफेदी बस्ने सुवर्ण श्रेष्ठको घरबाट कोही नभएको अवस्थमा सुनका विभिन्न गहना १.५ तोला र नगद २१ लाख समेत गरी करीब १ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

महानगरपालिका-१६ नर्सरी चोक बस्ने ४५ बर्षीय उद्धव निरौलाको घरबाट कोही नभएको अवस्थामा करीब १ लाख ४२ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना चोरी भएको छ ।

बुढानिलकण्ठ नगरपालिका-८ सुन्दरबस्तीस्थित लक्ष्मी शर्मा बरालको घरबाट १ थान ल्यापटप, १ थान टिभी र नगद ४ हजार समेत गरी करीब १ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरस्थित डेरा गरी बस्ने रामेछाप सुनापती गाउँपालिका-३ घर भएका सुजित घिसिङ्को कोठाबाट १ थान सुनको सिक्री र जापानी ऐन ७५ हजार गरी करीब १ लाख ३३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती नौं तलेस्थित हरि कुमार खत्रीको घरबाट सुनका विभिन्न गहनाहरु र नगद ३ लाख ५० हजार समेत गरी करीब ५ लाख ८२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

ललितपुर महानगरपालिका-२० सुनाकोठीस्थित सुर्य कला शाहको घरबाट सुनका विभिन्न गहना र नगद ५० हजार समेत गरी करीब २ लाख ५९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोट चित्रपुर बस्ने ३३ बर्षीय राजेन्द्र कार्कीको घरबाट कोही नभएको अवस्थामा सुनका बिभिन्न गहना र नगद ३ लाख समेत गरी करीब ४ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित सडकबाट आयरल्याण्डका नागरिक मार्क केन्सीको १ थान मोबाइल, नगद ५ हजार र २ थान अष्ट्रेलियन बैंकका कार्डहरु लुटपाट भएको छ ।

४.५ जनाको समूहमा आएका अपरिचित व्यक्तीहरुले मार्कलाई कुटपिट गरी उनको साथमा रहेको उक्त धनमाल लुटपाट गरी फरार भएको बताइएको छ । फरार चोरहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

विशेष सुरक्षा योजना लागू

यता महानगरीय प्रहरी परिसर काठमाडौले दसैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार नै पत्रकार सम्मेलन गरी दसैं, तिहारलगायतका चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको जानकारी गराइएको हो ।

चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाई काठमाडौंको जनजीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ विशेष सुरक्षा योजना लागू गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए ।

विशेष सुरक्षा योजना अन्तरगत परिसरले काठमाडौंको विभिन्न १४ स्थानमा सादासहितका प्रहरी टोली परिचालन गरेको छ । सुरक्षा योजनालाई प्रभावकारी बनाउन ३ हजार ५ सय ३५ जना जनशक्ति परिचालन गरेको छ ।

टिकट काउन्टर र काठमाडौंका मुख्यमुख्य नाकाहरुमा परिसरले पनि व्यापक मात्रामा सुरक्षा टोली परिचालन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार