fbpx

दुई हजार लिटर घरेलु मदिरा नष्ट


Share This

नेपालबहस संवाददाता    

पर्सा । पर्सा प्रहरीले अबैध रुपमा बिक्री वितरण हुँदै आएको २ हजार लिटर घरेलु मदिरा बरामत गरि नष्ट गरेको छ । नजिकिदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई मध्य नजर गर्दै प्रहरीले अपराधिक घटना समाजमा हुन नदिन मदिरा नष्ट अभियान चलाएको हो ।

वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले पर्साको वी.म.न.पा. वडा नं – ११ रानीघाटमा अबैध रुपमा संचालनमा रहेको मदिरा भट्टी तथा मदिरा उत्पादन गर्ने कच्चा पदार्थ दुई हजार लिटर र मदिरा उत्पादन गर्ने मेसिन १ थान, ड्रम १० थान, ग्यास चुल्हो १ थान र सिलिण्डर १ थान समेत नियन्त्रणमा लिई स्थानिय संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार