fbpx

दशैं,तिहार सुरक्षा : देशैभरि ३१ हजार प्रहरी परिचालन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल प्रहरीले दशैँ, तिहारजस्ता ठूला चाडपर्वका बेला  देशव्यापी रुपमा आफ्नो अभियानलाई त्रिव पारेको छ । जुवातास धेरै खेलिने र त्यसले निम्त्याउने आर्थिक नोक्सानी रोक्न देशव्यापी नियन्त्रण अभियान तीव्र पारिएको प्रहरीले जनाएको छ।

काठमाडौंको मूलपानीमा तास खेलिरहेको अवस्थामा प्रहरी घरमा छापा मार्न गएपछि शुक्रवार राति भाग्ने क्रममा दुईतबाट हाम्फाल्दा दुईजनाले ज्यान गुमाएका छन्।

प्रहरीले ज्यानै जाने घटनालाई दुःखद भने पनि दशैँका बेला तास खेल्ने प्रचलन बढेको भन्दै देशव्यापी रुपमा आफ्नो अभियान चलाइएको जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार विगतमा जस्तै अहिले पनि असोज र कात्तिकमा नै जुवातास खेल्नेरूको सङ्ख्या बढ्ने गरेको भएकाले यसलाई रोक्न हाम्रो विशेष टोलीले अहिले काम थालिसकेको छ।

जुवातास खेल्ने र खेलाउने गरेर काठमाडौं र देशका विभिन्न स्थानमा अहिलेसम्म दुई सयभन्दा बढीलाई पक्राउ गरिसकिएको बताइएको छ।

प्रवक्ता क्षेत्रीका अनुसार दशैं,तिहार सुरक्षाका निम्ति भन्दै देशभरि ३१ हजारभन्दा बढी प्रहरी खटाइएको छ र उनीहरूको जिम्मेवारी जुवातास र कौडा खेल्नेको खोजी पनि रहेको छ ।

जुवातास खेल्दा पहिलो पटक पक्राउ पर्नेलाई तीन महिनासम्मको कैद र ३० हजार जरिवाना र दोस्रो पटक पक्राउ पर्नेलाई ५० हजार जरिवाना वा १ वर्ष कैद साजय हुने व्यवस्था मुलुकी अपराध संहिता ऐनमा छ।

प्रहरीले घर परिवारमा रमाइलोका लागि खेल्ने समूहलाई भने कुनै कारबाही नहुने बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार