fbpx

उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । पिक आवरका कारण कालीमाटी,बल्खु,कलंकी,थानकोट,कोटेश्वर,गौशाला,मित्रपार्क, चाबाहिल,बौद्ध भएर चल्ने सवारी साधनहरू चापमा चलिरहेको ट्राफिक महाशाखाले जनाएको छ ।

त्यस्तै नजिकिंदै गरेको चाडपर्वका कारण किनमेल गर्ने सर्वसाधरणको भिडभाडले गर्दा सुन्धारा,न्युरोड, जमल, भोटाहिटी,केशरमहल, थापाथली, त्रिपुरेश्वर भएर चल्ने सवारी साधनहरू पनि अहिले चापमा चलिरहेको ट्राफिक प्रहरीले बताएको छ ।

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको छ । उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य समेत जटिल एवम् चुनौतीपूर्ण बन्दै गएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार