fbpx

ट्राफिक नियन्त्रण तालिम सम्पन्न


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानद्धारा सशस्त्र प्रहरी गण नं. २ महाराजगंजमा संचालित १२८औं समूहको ट्राफिक नियन्त्रण तालिम सम्पन्न भएको छ ।

महानगरीय ट्राफिक महाशाखा, रामशाहपथमा आज आयोजित एक कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै ।

तालिममा सिकेका सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, सिपलाई कार्यक्षेत्रमा प्रयोग गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिएका छन् ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक मदन कुँवरले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्दै साउन २५ गतेबाट संचालित उक्त तालिममा ४ जना महिला समेत गरी कुल ७२ जना प्रहरी जवानहरुको सहभागिता रहेको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया