fbpx

दशैं सुरक्षा : प्रहरीको नजर चोरदेखि पाकेटमारसम्म !


Share This

नेपालबहस संवाददाता    

दैनिक २ सय ५० जना सादा पोसाकका प्रहरी परिचालन

काठमाडौं । दशैं तिहार तथा छठ नजिकिदै गर्दा नेपाल प्रहरीले चोरी र पाकेटमारी नियन्त्रण गर्न ब्यापक प्रहरी परिचालन गरेको छ।दसैँको मौका छोपेर पाकेटमारी तथा चोरीका घटना बढ्नसक्ने भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले प्रयाप्त प्रहरी परिचालन गरेको छ ।

परिसले दिनको समयमा ९० जना र रातको समयमा १ सय ६० जना सादा पोसाकका प्रहरी परिचालन गरिएको जानकारी दिएको छ। प्रहरीले गएको एक सातामा २२ पाकेटमार र १२ जना चोरीमा संलग्न ब्याक्ति पक्राउ गरेको महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होमेन्द्र बोगटीले जानकारी दिए।

दशैंमा धेरैले काठमाडौं छाडेर बाहिर जाने भएको र सोही बेला भिडभाडको मौका छोपी चोरी लुटपाट तथा पाकेटमारी जस्ता आपराधिक गतिविधि हुने भन्दै ब्यापक मात्रामा प्रहरी परिचालन गरेको प्रवक्ता बोगटीले बताए।

उनका अनुसार काठमाडौंमा रातको समयमा १ सय ६० जना सादा पोसाकका प्रहरीमात्र परिचालित छन्। ‘तीन जना प्रहरी निरीक्षको नेतृत्वमा काठमाडौंको नयाँ बसपार्क, महाराजगंज, गौशाला, कोटेश्वर, बल्खुलगाएका क्षेत्रमा राति १२ बजेदेखि बिहान ६ सम्म १६० जना सादा पोशाकका प्रहरी परिचालित भएका छन् ।

त्यसैगरी प्रहरीले काठमाडौंमा चल्ने बस भित्र हुने पाकेटमारी नियन्त्रण गर्न सार्वजानिक बसमा पनि प्रहरी खटाउने गरेको छ। चक्रपथ तथा विभिन्न क्षेत्रमा चल्ने बसमा १ देखि ३ जनासम्म सादा पोशाकका प्रहरी परिचालान गरिएको प्रवक्ता बोगटीले जानकारी दिए।

दशैंमा घर जानेको भीड हुने काठमाडौंको नयाँ बसपार्क, कोटेश्वर माछापोखरी, बल्खुलगाएतका क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरिएको प्रवक्ता बोगटीले जानकारी दिए।

त्यसैगरी सुन पसलहरू, बैक तथा वित्तिय संस्थामा आवश्यता अनुसार प्रहरी परिचालन गरिएको पनि उनले बताए। काठमाडौंमा हुने संगठीत जुवातास नियन्त्रणमा पनि प्रहरीले मातहतका कर्मचारीलाई निगरानी राख्न परिसरले निर्देशन दिएको छ।

बिगतमा सजाय भोगेर दशैं बिदामा घर गएकाहरु माथि प्रहरीले निगरानी बढाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार