fbpx

‘ठूला माछा’ उम्काएका गृहमन्त्रीको ‘साना माछा’ खेती ?


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सुन तस्करी, यातायात व्यवसायिको सिन्डिकेट, बालिका तथा बृद्धा बलात्कार र ठुला ठेकेदारलाई गर्ने भनिएको कारवाहीका कारण चर्चामा आएका गृहमन्त्री रामबहादुर थापाले सीमामा हुने तस्करी, घरेलु मदिरा र अपराधका घटना नियन्त्रणका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई थप सक्रिय भएर लाग्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा सशस्त्र प्रहरी बलका महानिरीक्षक, अतिरिक्त प्रहरी महानिरीक्षक र सातै प्रदेशका बलका प्रमुख रहेका नायब महानिरीक्षकलाई निर्देशन दिँदै गृहमन्त्री थापाले सीमा तस्करी र अपराधका घटनाको नियन्त्रणमा तीन महीनाभित्र परिणाम देखिने गरी कार्य गर्न निर्देशन दिए ।

उनले चाडपर्व नजिकिएसँगै सीमाबाट हुने तस्करी बढ्न सक्ने भएकाले त्यसमा विशेष ध्यान दिनसमेत बलका अधिकारीहरुलाई सचेत गराए । उनले राज्यले बललाई सीमा, विपद् र शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी दिएको बताउँदै यो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न निर्देशन दिए ।

गृह मन्त्रालयले मदिरा नियन्त्रण र लागुऔषध निषेध अभियान शुरु गरेको जानकारी दिँदै गृहमन्त्री थापाले यो अभियानमा प्रहरी बलले समेत विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । देशमा अस्थिरता निम्ताउन खोज्ने तत्वको समेत निगरानी बढाउन उनले बलका पदाधिकारीहरुलाई निर्देशन दिए ।

कारवाहीका नाममा सिन्डिकेटधारी यातायात व्यवसायी समितिको रोक्का रहेको खाता दशैंकै मुखमा किन खोलियो ? सुन काण्डमा दोषी ठहर भएकाहरु उच्च अदालतको आदेशमा भटाभट रिहा किन हुँदै छन् ? अनि अबोध बालिका निर्माला पन्तको हत्यमा सम्लग्न हत्यारा खोजि गर्न देशको साधन, स्रोत र जनशक्तिले लागे पुगेसम्म खोज्दा पनि नभेटिने अपराधी को थिए त ? निर्माण ठेक्का सम्झौता गर्ने तर समयमा निर्माण सम्पन्न नगर्ने, गरेका काम पनि न्यून गुणस्तरको गर्ने ठेकेदारलाई गर्ने भनिएको कारवाही कहाँ पुग्यो ?  मिडिया प्रचार र सस्तो लोकप्रियताको लागि गृहमन्त्रीले काम गरेको आरोप सामाजिक संजालमा लागेको छ । सरकार र गृहप्रशासनसँग जोडिएका समाचार दैनिक पत्रकात्रिका लगायत समाचार माध्यमममा पढ्न र हेर्न सकिन्छ ।

यसैबीच, नेपाल प्रहरीले सल्यानमा ६५ ड्रम जाँड र २० लिटर मदिरा नष्ट गरेको छ । कपुरकोट बजारबाट ६५ ड्रम जाँड र २० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

बजार अनुगमन निर्देशिकानुसार गठन भएको समिति, प्रहरी र पत्रकारको टोलीले आज संयुक्त बजार अनुगमन गर्दा फेला पारेको अवैध घरेलु मदिरा र मदिरा बनाउन तयार पारिएको जाँड बेलुका नै डम्पिङ साइटमा लगेर नष्ट पारिएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।

दशैँ–तिहार नजिकिँदै गर्दा बजारमा हुन सक्ने कालोबजारी तथा म्याद गुज्रेका सामग्री बिक्रीवितरणमा रोक लगाउने उद्देश्यसहित बजार क्षेत्रका पसल, होटल, औषधि पसल, एग्रोभेट आदिको अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले जानकारी दिए ।

अनुगमनका क्रममा म्याद गुज्रेका बिस्कुट, चाउचाउ, कुरमुरे, परफ्यूम पनि नष्ट गरिएको गाउँपालिकाका सूचना अधिकारी जीवराज केसीले जानकारी दिए । कतिपय पसल दर्ता नभएका पाइएकाले सम्बन्धित निकायमा दर्ता गर्न आग्रह गरिएको छ ।

यस्तै पसलमा मूल्यसूची र सूचनापाटीसमेत राख्न आग्रह गरिएको केसीले बताए । अवैध मदिरा नष्ट गर्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले घरेलु मदिराको अवैध कारोवारलाई रोकथाम गर्न प्रहरी र सरोकार भएकाहरुको समन्वयमा विशेष अभियान सञ्चालन गरिएको जनाए ।

उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले महिला हिंसा र घरेलु हिंसा बढ्नामा मदिरा प्रमुख कारणका रुपमा देखिएको भन्दै गाउँपालिकाभरिका सबै वडामा अनुगमन गरिने अवैध मदिरा नियन्त्रण अभियान सञ्चालन हुने जानकारी दिए ।

घरेलु मदिरा सेवनकै  कारण आपराधिक गतिविधि बढ्ने  र शान्तिसुरक्षा एवं अमनचय नमा खलल पुग्ने  भएकाले  अवैधरुपमा उत्पादन गरिएको  मदिरा नष्ट गर्ने अभियानलाई जारी राखिने प्रहरी चौकी कपुरकोटका इञ्चार्ज सुरेन्द्र बुढाथोकीले बताएका छन् ।

लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेट, साँढे ३३ किलो सुन काण्ड, बालिका निर्मला पन्तको हत्या, निर्माण क्षेत्रमा काम गर्ने ठेकेदारलाई गर्ने भनिएको कारवाही लगायतका समाचारले गृहमन्त्री र मातहतका निकायलाई सामाजिक संजाल र संचार माध्यामले आफ्नो विषयवस्तुमा कहीँ न कतै समावेश गरेकै छन् ।

कारवाहीका नाममा सिन्डिकेटधारी यातायात व्यवसायी समितिको रोक्का रहेको खाता दशैंकै मुखमा किन खोलियो ? सुन काण्डमा दोषी ठहर भएकाहरु उच्च अदालतको आदेशमा भटाभट रिहा किन हुँदै छन ? अनि बालिका निर्माला पन्तको हत्यमा सम्लग्न हत्यारा खोजि गर्न देशको साधन, स्रोत र जनशक्तिले लागे पुगेसम्म खोज्दा पनि नभेटिने अपराधी को थिए त ? निर्माण ठेक्का सम्झौता गर्ने तर समयमा निर्माण सम्पन्न नगर्ने, गरेका काम पनि न्यून गुणस्तरको गर्ने ठेकेदारलाई गर्ने भनिएको कारवाही कहाँ पुग्यो ?  मिडिया प्रचार र सस्तो लोकप्रियताको लागि गृहमन्त्रीले काम गरेको आरोप सामाजिक संजालमा लागेको छ । सरकार र गृहप्रशासनसँग जोडिएका समाचार दैनिक पत्रकात्रिका लगायत समाचार माध्यमममा पढ्न र हेर्न सकिन्छ । आखिर देशले प्रजातन्त्र, पञ्चायत, पुनः प्रजातन्त्र हुँदै गणतन्त्र पायो तर जनताको हातमा के पर्यो त गृहमन्त्रीज्यू ? ठुला माछा उम्काएका गृहमन्त्री थापाले कतै साना माछाको खेती त गदै छैनन् भन्ने आशंका जनमानसमा उठन थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार