fbpx

गलत काम गर्ने प्रहरी अधिकृत बर्खास्त : आईजीपी खनाल


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गलत काम गर्ने जो कोही प्रहरी अधिकृत भएपनि पनि बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

प्रहरी महानिरीक्षक खनालले समाज र संगठन भित्र गलत काम गर्ने प्रहरी अधिकृतका कारण आफूमाथि ‘गम्भिर चोट’ पुर्याएको उल्लेख गर्दै त्यस्ता प्रहरीलाई कडा कार्वाही गर्ने एक कार्यक्रममा बोल्दै चेतावनी दिएका हुन् ।

बुधबार ललितपुरस्थित सातदोबाटोमा निर्मित ट्राफिक प्रहरी परिसरको भवन उद्घाटन गर्दै उनले सरकारले दिएको जिम्मेवारी र नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व इमान्दार र निष्ठापूर्वक बहन गर्न पनि मातहतका निकायलाई निर्देशन दिए ।

प्रहरी महानिरीक्षक खनालले सिंगो प्रहरी संगठनमाथि नै लाञ्छना लगाउने काम प्रहरी कर्मचारीबाटै हुने गरेको उल्लेख गर्दै त्यस्ता गतिविधि कडाईका साथ नियन्त्रण गर्ने दृढता पनि व्यक्त गरे ।

प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न पनि नागरिक समाजका अगुवाहरुलाई अपिल गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार