fbpx

दशैंमा नागरिकको जीउधनको सुरक्षा गर्न ट्राफिक प्रहरी द्रुत गतिमा


Share This

नेपालबहस संवाददाता    

५५ वटा मोटरसाईकल परिचालन

काठमाडौं । दसैं, तिहारजस्ता चाडपर्वमा जनताको जीउधनको सुरक्षा गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरी द्रुत टोली परिचालन कार्ययोजना आजबाट लागू गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बुधबारबाट लागू हुनेगरी ट्राफिक प्रहरी द्रूत टोली परिचालन कार्य योजना लागू गरिएको घोषणा गरेका छन् । ट्राफिकको उचित व्यवस्था गर्न र नागरिकको सुरक्षा कार्यलाई अझै प्रभावकारी बनाउन आजबाट सो कार्ययोजना लागू गरिएको छ ।

चार पाङग्रे सवारी साधनका कारण अपराध नियन्त्रणमा कठिनाई भएपछि मोटरसाईकल परिचालन गरी सो कार्ययोजना संचालनमा ल्याउनु परेको प्रहरी महानिरीक्षक खनालले जानकारी दिए ।

एक महिने सो अभियानमा ५५ वटा मोटरसाईकल परिचालन गरिएको छ । टोलीमा ट्राफिक प्रहरी र जनपथ प्रहरी परिचालन गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिए ।

टोली काठमाडौं उपत्यका अन्तरगतको काठमाडौं, ललितपुर र भक्तपुरमा परिचालित हुनेछन् । कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले सो एक महिने कार्ययोजनालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

एक महिनापछि सो टोलीका लागि थप ४५ वटा मोटरसाईकलको पनि व्यवस्था गर्ने प्रहरी महानिरीक्षक खनालको योजना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार