fbpx

जुवातास खेल्ने ८ जना प्रहरी नियन्त्रणमा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त,स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सोमबार साझ करिव साढे ६ बजे काठमाडौं महानगरपालिका १५ बिजेश्वरीबाट जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ घर भई नागार्जुन नगरपालिका २ बस्ने २६ बर्षीय पासाङ लामा सहित ८ जनालाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट नगद रुं ४ लाख ५९ हजार, अमेरिकन डलर ९ सय, भारतिय रूपियाँ ४ सय र २ बुक तास सहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार