fbpx

नियम उल्लंघन गर्ने ७ सय ६२ वटा सवारी साधन कारवाहीमा


Share This

नेपालबहस संवाददाता    

इटहरी । प्रदेश नम्बर १ मा ७ सय ६२ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका छन्। ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट गरि २४ घण्टामा ७ सय ६२ वटा सवारी साधन कारवाहीमा परेको १ नंम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने २९ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने ९ जना, विना हेल्मेट मोटरसाईकल चलाउने १२ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ६५ जना, सवारी चालक अनुमति पत्र नभएका ४३ जना, सवारी

 

चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन २९ जना, जथाभावी पार्किङ्ग गर्ने ३६ जना, रोक्न निषेधमा सवारी साधन रोकेको ६५ जना, पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको १२ जना, सुरक्षा पेटी नबाधेको १७ जना, कागज पत्र साथमा नराखेको १७८ जना, ट्राफिक ईशारा उल्लघंन गरेको ८ जना, सवारी साधनको बत्तीको अवस्था ठिक नभएको ३७ जना, तिब्रगतिमा सवारी चलाएको ३१ जना, हर्न निषेधमा हर्न बजाएको ३ जना,

ढोका खुल्ला गरी सवारी साधन चलाएको २६ जना, हद भन्दा बढी मालसामान ढुवानी गरेको ३३ जना, लापरवाही साथ सवारी साधन चलाएको १२७ जना र विना रुट परमिट चलाएको २ जना गरी जम्मा सात सय बैसट्ठी जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेका छन ।यसै गरी सवारी दुर्घटना न्यूनीकरणको लागि विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको छ ।

१४ जिल्लामा दुर्घटना न्यूनीकरणको लागि विभिन्न सवारी चालक, सर्वसाधारण, विद्यार्थीहरुलाई ७० वटा सचेतनामुलक कार्यक्रम संचालन गरी १९४५जनालाई सचेतनामुलक प्रशिक्षण दिएको प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए । यसैगरि प्रहरी निरीक्षण होमराज दाहाल सहितको टोलीले लामो तथा छोटो दुरीमा संचालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनका चालकहरु तथा अन्य सवारी साधनका चालकहरुलाई भेला जम्मा गरी लामो समय सम्म निरन्तर सवारी चलाउदा पर्ने असर, दुर्घटनाबाट बच्ने र बचाउने उपायका साथै ट्राफिक नियम सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।

यस्तै धनकुटा जिल्लाको बिभिन्न स्थानहरुमा दुई पाङ्ग्रे सवारी साधन र अन्य सवारी साधनहरु लाई तत्काल जनचेतना जगाउने उद्देश्यले सवारी चालकहरु लाई शुरक्षित सडक प्रयोग तथा मोटरसाईकल,स्कुटर चलाउदा सदैव गति सिमित गरी चलाउन, मोटरसाइकल,स्कुटर चलाउदा बढी जोखिम हुने भएको हुँदा दुर्घटना भएको अवस्थामा ज्यानै समेत जान सक्ने भएकोले आफ्नो सवारीलाई सदैव सजग भई सुरक्षित तरिकाले चलाउन, दुर्घटना बाट बच्ने र बचाउने उपाय लगायत विविध ट्राफिक नियम सम्बन्धी सडकमानै प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे प्रहरी नायव उपरीक्षक प्रसाईले जानकारी दिए ।

दुर्घटना घटाऔ मान्छे बचाऔं अभियान अन्तर्गत मोरङ वेलवारि न.पा.३ पुरानो वेलवारि स्थित पुर्व पश्चिम लोकमार्गमा वनभोज का लागि हिडेको चालकहरू तथा यात्रुहरू लाई संभावित सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि आफ्नो सवारी साधनको अवस्था दुरुस्त गर्ने, हुस्सुको समयमा बाक्लो कुहिरोका कारण दुर्घटना हुन गर्न नदिन फग लाइटको प्रयोग,सवारि चलाउदा अनिवार्य जुत्ताको प्रयोग गर्ने, बत्तीको प्रयोग, ब्रेक डिस्टेन्स लेन अनुशासन कायम गर्ने सम्बन्धी प्रशिक्षण दिएको प्रहरी नायव उपरीक्षक प्रसाईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार