२४ घण्टामा ८ सय १ सवारी साधन कारवाहीमा


Share This

नेपालबहस संवाददाता    

इटहरी । एक नम्बर प्रदेशमा सवारी नियम उल्लंघन गर्ने ८ सय १ वटा सवारी साधन कारवाहीमा परेका छन् । २४ घण्टा भित्र ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाही  गरे १ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने २९ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने ८ जना, विना हेल्मेट मोटरसाईकल चलाउने ९ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ७९ जना, सवारी चालक अनुमति पत्र नभएका ४१ जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन २९ जना, जथाभावी पार्किङ्ग गर्ने ३१ जना, रोक्न निषेधमा सवारी साधन रोकेको ८० जना, पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको १४ जना, सुरक्षा पेटी नबाधेको १७ जना,

कागज पत्र साथमा नराखेको १७३ जना, ट्राफिक ईशारा उल्लघंन गरेको ६ जना, सवारी साधनको बत्तीको अवस्था ठिक नभएको ३१ जना, तिब्रगतिमा सवारी चलाएको २७ जना, हर्न निषेधमा हर्न बजाएको १ जना, ढोका खुल्ला गरी सवारी साधन चलाएको २४ जना, हद भन्दा बढी मालसामान ढुवानी गरेको ३९ जना, लापरवाही साथ सवारी साधन चलाएको १६१ जना र विना रुट परमिट चलाएको २ जना गरी जम्मा आठ सय एक जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेको प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

यसै गरी सवारी दुर्घटना न्यूनीकरणको लागि विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको छ ।  दुर्घटना घटाऔ मान्छे बचाऔं अभियान अन्तर्गत मोरङ वेलवारि न.पा.२ लालभित्ति चोक स्थित पुर्ब पश्चिम् लोकमार्गमा चल्ने भ्यान,टेम्पु र सिटि सफारिका चालकहरू लाई संभावित सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि आफ्नो सवारी साधनको अवस्था दुरुस्त गर्ने, हुस्सुको समयमा बाक्लो कुहिरोका कारण दुर्घटना हुन गर्न नदिन फग लाइटको प्रयोग,सवारि चलाउदा अनिवार्य जुत्ताको प्रयोग गर्ने, बत्तीको प्रयोग, ब्रेक डिस्टेन्स लेन अनुशासन कायम गर्ने सम्बन्धी प्रशिक्षण दिएको प्रहरी नायव उपरीक्षक प्रसाईले जानकारी दिए ।

जिल्ला मोरङ बिराटनगर महानगरपालिका  १ स्थित कोशिहेल्थ कलेजको  नर्सिङमा अध्यनरत ३५ जना छात्राहरुलाई यस कार्यालयका का.प्रमुख प्र.नि.शिव कुमार पोखरेल सहितको टोलि खटिगई बढ्दो सवारी दुर्घट्ना लाई न्यूनिकरण गर्ने उदेश्यले “दुर्घट्ना घटाऔँ मान्छे बचाऔँ” नारा सहित मोरङ जिल्लाका विभिन्न स्कुलकलेजहरुमा गई ट्राफिक नियम, चिन्ह्र, पैदल यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरु सम्बन्धी तथा सुरक्षीत सडकको प्रयोग सम्बन्धी सचेतना मुलक प्रशिक्षण दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार