fbpx

ट्राफिक अपडेट : ६ सय ३४ सवारी साधन कारवाहीमा


Share This

नेपालबहस संवाददाता    

इटहरी । एक नम्बर प्रदेशमा ६ सय ३४ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट समेत गरि १४ जिल्लामा २४ घण्टा भित्र सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १७ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने ८ जना, विना हेल्मेट मोटरसाईकल चलाउने ५ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ८५ जना, सवारी चालक अनुमति पत्र नभएका ३१ जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन १८ जना, जथाभावी पार्किङ्ग गर्ने २४ जना,

रोक्न निषेधमा सवारी साधन रोकेको ६१ जना, पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको ८ जना, सुरक्षा पेटी नबाधेको ११ जना, कागज पत्र साथमा नराखेको १३९ जना, ट्राफिक ईशारा उल्लघंन गरेको ६ जना, सवारी साधनको बत्तीको अवस्था ठिक नभएको २६ जना, तिब्रगतिमा सवारी चलाएको १९ जना, ढोका खुल्ला गरी सवारी साधन चलाएको २० जना, हद भन्दा बढी मालसामान ढुवानी गरेको ३६ जना,

लापरवाही साथ सवारी साधन चलाएको ११८ जना, रुट परमिट बिना सवारी चलाएको २ जना गरी जम्मा छ सय चौतिस जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेको प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जनाकारी दिए । यसै गरी सवारी दुर्घटना न्यूनीकरणको लागि विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको उनले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार