भन्सार छली गरि ल्याईएका अवैध सर समानहरु पक्राउ


Share This


नेपालबहस संवाददाता    

वीरगंज । भन्सार छली गरि ल्याईएका अवैध सर समानहरु पक्राउ गरी वीरगंज भंसार कार्यालय पठाइएको छ । शनिबार भंसार छलि गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट खरिद गरी नेपाल तर्फ तथा नेपालबाट भारत तर्फ ल्याउने कार्य नियन्त्रण गर्न भन्सार कार्यालय तथा मातहत कार्यालय समेतबाट खटिएका प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा पक्राउ गरी भन्सार पठाएको छ ।

पक्राउ परेका सामानहरुमा कुर्ता सुरुवाल ४८ पिस, जयपुरी कुर्ता सुरुवाल २० पिस, धागो २४ किलो, ब्लाउज नेट २४ मिटर, ब्लाउज कपडा ४७ मिटर, लुङगी ४० पिस, तुफान सिलिङ पङखा ६ पिस सहित अन्य मालसमान गरी जम्मा ५४,४००।– बराबरको सामानहरु बरामद गरी यस कार्यालयमा ल्याईएकोमा आवश्यक कारवाहीको लागी वीरगंज भंसार कार्यालयमा पठाईएको छ ।

साथै बैशाख २९ गते शनिबारका दिन भंसार छलि गैरकानुनी तवरले विभिन्न सामानहरु नेपालबाट खरिद गरी भारत तर्फ लैजादै छ भन्ने गोप्य सुचनाको आधारमा भन्सार कार्यालय तथा मातहत कार्यालय समेतबाट खटिएका प्रहरी गस्ति टोलीले जि पर्सा बि म न पा २ छप्कैया स्थितबाट ४० किलो स्याउ बरामद गरी ल्याएकोमा आवश्यक कारवाहीको लागी वीरगंज भंसार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया